अमेरिकामा कोरोना संक्रमितले ५ दिन मात्र आइसोलेशनमा बस्नुपर्ने

काठमाडौं । अमेरिकामा लक्षण नदेखिएका कोभिड–१९ का संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधिलाई १० दिनबाट घटाएर ५ दिन कायम गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले लक्षण नदेखिएका कोभिड संक्रमितले आइसोलेशनमा बस्नुपर्ने अवधि १० दिनबाट घटाएर पाँच दिनमा झारेको हो । केन्द्रले आइसोलेशनमा बसेपछि थप पाँच मास्क लगाउन समेत सुझाव दिएको छ ।

अमेरिकामा पछिल्लो समय ओमिक्रोन नै सक्रिय भेरियन्टको रुपमा देखा परेको छ । त्यहाँ पछिल्ला २ दिनमा दैनिक संख्या २ लाखभन्दा बढी संक्रमण पुष्टि भएका छन् ।

तर ओमिक्रोन चिन्ताको विषय भएपनि डराइहाल्नु पर्ने अवस्था नरहेको राष्ट्रपति बाइडेनको भनाइ छ । एक अनलाइन बैठक बोल्दै अमेरिकाका अस्पतालमा अत्यधिक चाप पर्न सक्ने तर मुलुकमा राम्रो तयारी भएको पनि उनले बताए ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस