लोसपा नेपालको शुभकामना आदानप्रदान र पार्टी प्रवेश कार्यक्रम सम्पन्न

घोराही । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दाङ जिल्लाले चाडपर्व नजिकिदै गर्दा दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ । घोराहीमा भएको कार्यक्रम जिल्ला उपाध्यक्ष सत्यम पुन मगरको अध्यक्षतामा भएको थियो ।

पार्टीका केन्द्रीय सदस्य सोमराज जनैदारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुदिप बुढा र गणेश गुरुङको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी लोसपा नेपालमा करिब ८१ जनाले पार्टी प्रवेश गरेका छन् ।

उक्त कार्यक्रमको सञ्चालन बसन्त सेवाले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस