कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका–१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ ।

बेनीघाट रोराङ गाउँपालिका–७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ ।

उनले भनेका छन्, ‘नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ । लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द छ । गाडी चलाउन सक्ने अवस्था छैन ।’

प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि ससाना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा रहेको डीएसपी प्रकाश दाहालले बताए ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस