रसुवा बाढीमा रोल्पाका एकै परिवारका ४ जना बेपत्ता

रोल्पा । रसुवामा आएको बाढीमा परी रोल्पाका एकै परिवारका ४ जना बेपत्ता भएका छन् । जिल्ला रोल्पा परिवर्तन गाँउपालिका–६ घर भएका ४० वर्षीय कुलप्रसाद बुढा मगर, उनकी श्रीमती ३६ वर्षीया मीना घर्ती, २१ वर्षीय छोरा डीप बुढा र ४ वर्षकी छोरी खुसी बुढा रहेका छन् । उनीहरू विगत ८–९ वर्षदेखि रसुवाको टिमुरे बजारमा किराना पसल र मासु पसल चलाएर बस्दै आएका थिए ।

बाढीपछि उनीहरू सम्पर्कविहीन रहेको कुलप्रसादका भाइ भीम प्रकाश बुढामगर जानकारी दिए ।

रोल्पाका ३० जना भन्दा बढी बेपत्ता भएको आँकलन गरिएको छ । माडी गाउँपालिका ३ र ५ गरी २ जना, सुनिल स्मृति गाउँपालिका ६ का करिब २२ जना, गंगादेव गाउँपालिकाको १ जना, रुन्टिगढी गाउँपालिकाको ७ जना र रोल्पा नगरपालिकाको १ रहेको अनुमान गरिएको छ ।

आधिकारिक विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस