काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो ।
मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के–के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन् ।
प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार


