धवल शम्शेर र दुर्गा प्रसाईंको नयाँ पार्टी गठन

काठमाडौं । राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् । उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।

दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने तयारी गरेका छन् ।

नयाँ पार्टी खोल्नुअघि उनीहरूले तयारीका लागि विभिन्न समितिहरू गठन गरेर काम गरिरहेका थिए। सोही समितिको आज बसेको बैठकले जय नेपाल पार्टी खोल्ने निर्णय गरेको नेता नेता सगुनसुन्दर लावतीले जानकारी दिए।

‘हामी नयाँ पार्टी खोल्दैछौं, पार्टीको नाम जय नेपाल रहनेछ, साउन २८ मा निर्वाचन आयोग जाने कार्यक्रम छ,’ उनले भने।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस