योजना केन्द्रित भए प्रधानमन्त्री बालेनः अर्थमन्त्री वाग्लेसहितका अधिकारीसँग छलफलमा

काठमाडौं– प्रधानमन्त्री बालेन शाह अर्थमन्त्री स्वर्णिम वाग्लेसहितका योजना र नीति अनुसन्धान प्रतिष्ठानका अधिकारीसँग मंगलबार सिंहदरबारमा छलफलमा जुटेका छन्।

उनी राष्ट्रिय योजनादेखिका विकाससहितका सम्भावनाका निम्ति राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरु, नीति अनुसन्धान प्रतिष्ठानका अधिकारीसहितसँग छलफलमा छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ।

बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत लिइनेछ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस