सांसद यादवको व्यंग्य– ओलीलाई छलेको भूतले बादललाई छल्यो, झाँक्री खोजियोस्

राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) सांसद पुरुषोत्तम यादवले नेकपा एमालेका नेता रामबहादुर बादललाई भूतले छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले केपी ओलीलाई छलेको भूतले बादललाई पनि छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न माग गरेका हुन् ।

‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले भने, ‘जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने, अस्पतालको बेडमा छ । कुविचार यो संसदमा पठाउँदै छ ।’

यादवले जेन–जी आन्दोलन न्यायका लागि भएको दाबी गरे । उनी जेन–जी आन्दोलनबाट उदाएका नेता हुन् ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस