मन्त्रिपरिषद् बैठक सुरु, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

बैठकमा जेन–जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदैछ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ३ सदस्य आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको छ ।

करिब १ साताको अध्ययनपछि आज मन्त्रिपरिषद् बैठकमा औपचारिकरूपमा प्रतिवेदन लैजान लागिएको हो ।

प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्की सरकारको तयारी छ ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस