कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर

देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।

सबैभन्दा अब्बल भने यस वर्ष मोरङको विराटनगर महानगरपालिका रहेको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ ।
चौथो स्थानमा रहेको पोखराले ५८.०४ अंक पाएको छ । पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस