सकियो ‘पेन्सन पट्टा’को छायांकन, के छ कथा ?

काठमाडौं । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’को छायांकन सकिएको छ । ३३ दिनमा सिनेमाको छायांकन सकिएको हो ।

हालसम्म प्रदर्शन मिति घोषणा गरिएको छैन । “अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । त्यसमा कति समय लाग्छ, सोही अनुसार हामी सिनेमाको रिलिज मिति घोषणा गर्नेछौँ,” निर्देशक गुरुङले भने, “हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहान्छौँ ।”

गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कालाकारको अभिनय रहेको छ ।

यो चलचित्रले सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके) र सपना गुरुङको लगानी रहनेछ । चलचित्रलाई सुशन प्रजापतिले खिचेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस