फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले बानेश्वरमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका शीर्ष कलाकार नायक अविषेक खड्का र आकृति राजभण्डारीलाई फिचर्ड गरिएको छ ।

भिडियोमा उनीहरु सुखद प्रेम सम्बन्धको मज्जा लिइरहेका छन् भने उनीहरुको केमेस्ट्री पनि राम्रो देखिन्छ ।

यस गीतमा गायक केहरसिंह लिम्बू हुन् । सागर लामिछाने र सुमन तामाङले मिलेर यो गीत लेखेका हुन् । संगीत भने सुमन तामाङ र गायक लिम्बूको हो ।

यस लभ स्टोरी फिल्मको निर्देशक दिनेश राउत हुन् । विकास सुबेदीले स्क्रिप्ट लेखेका हुन् ।

प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस