लमही । दाङको अर्जुन खोलाबाट सुरक्षा निकायले फरार रहेका ७ जना कैदी–बन्दीलाई नियन्त्रणमा लिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बाँकेको बाल सुधार गृहबाट भागेका पाँच जना र तुलसीपुर कारागारबाट भागेका दुई जनालाई पक्रिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार फरारमध्ये कोही पैदल हिँडिरहेका थिए भने कोही विभिन्न सवारी साधनमार्फत फर्कँदै गर्दा भेटिएका हुन् ।
पक्राउ परेकालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बिहीबार ६ जना र शुक्रवार थप एक जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार


