पर्यावरणिय दिगो विकाश एवं अनुसन्धान केन्द्रद्धारा बार्षिक कार्यक्रमको खर्च सार्वजनिक

विजौरी । पर्यावरणिय दिगो विकाश एवं अनुसन्धान केन्द्र विजौरीले आफ्नो संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा गरेका विभिन्न कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघ विश्व वातावरणिय कोष अन्तर्गत साना अनुदान कार्यक्रम वापत प्राप्त अनुदान ५३ लाख ६९ हजार ८ सय ४७ रुपैयाको खर्च विवरण सार्वजनिक गरेको हो । सो रकम जलवायु परीवर्तनको प्रभाव कम गर्न जैविक खेतीको पहल गर्दै अर्गानिक दाङ उपत्यका घोषणा कार्यक्रमकालागी उपलव्ध गराइएको थियो ।

खर्च विवरण सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि नित्यानन्द शर्माले रसायिनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर बन्दै गएको तथा रसायिनिक विषादि प्रयोग भएको फलफुल तथा तरकारीको उपभोगले मानव स्वास्थ्यमा गम्भीर प्रभाव परेको बताए । विषादियुक्त तरकारीको उपभोगले घरघरमा क्यान्सरका विरामी भेटिने अवस्था रहेको भन्दै उनले यसलाइ निरुत्साहित गर्न जिल्लाका दशवटै पालिकाहरुले संस्थाले थालेको अभियानलाइ अनुशरण गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डांगीले विषादि र रसायिनिक मललाइ विस्थापन गरी प्रांगरीक मल र जैविक विषादिको अभियानले माटोको उर्वराशक्ति पनि बढाउने भएकाले यसलाइ सवै क्षेत्रमा विस्तार गर्दै लैजानुपर्ने बताए । सोहि कार्यक्रममा अर्का विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिका—१८ का अध्यक्ष माधव ओलीले अर्गानिक उपत्यकाको अभियानमा स्थानिय सरकारको पनि सहयोग हुने बताए ।

केन्द्रका अध्यक्ष डिल्ली वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका उपाध्यक्ष वालिका तिवारीले गरेकि थिइन भने कार्यक्रमको सहजीकरण सचिव मेनका शर्माले गरेकि थिइन् । कार्यक्रममा कार्यक्रमका लाभग्राहिहरु तथा सन्चारकर्मिहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस