घटेनन् विभत्स दुर्घटनाहरु, बर्षदिनमै ८१ जनाको मृत्यु

विजौरी । करिव दुइ साता अघि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुरको मोतिपुर ओरालोमा तारजाली बोकेको ट्याक्टर दुर्घट्ना भयो । दुई जना मज्दुरको घटना स्थलमै मृत्यु भयो । सामान्य ओरालोमा पनि ट्याक्टर सन्तुलित बन्न नसक्दा दुःखद दुर्घटना भयो ।

तीन दिन अघि सोहि सडक खण्डको दुधरास नजिक एउटा मोटरसाइकल दुर्घटनामा पर्यो । मोटरसाइकलमा सवार प्रादेशिक आयुर्वेद चिकित्सालयमा काम गर्ने एक जना कर्मचारीको घटनास्थलमै निधन भयो । यी त यहि दुई साताभित्रका विभत्स दुर्घटना हुन् । सामान्य घाइते हुने खालका दुर्घटना अस्वाभाविक रुपमा बढिरहेका छन् । यस्ता कहालीलाग्दा दुर्घटना न्युनिकरणको प्रयास भने अर्थपुर्ण रुपमा भएको पाइदैन । सवारी चलाउनेहरुका गल्तीहरु पनि पटक–पटक दोहोरिने गरेका छन् । अघिल्लो बर्ष पनि जनकल्याण मावि दुधरास स्कुलको गेट नजिकै सडक पार गरिरहेका नावालक विद्यार्थिलाई यात्रु वाहक बसले ओभरटेक गर्ने क्रममै ठक्कर दिदा घटनास्थलमै विद्यार्थिको ज्यान गयो । यसपछि स्थानियले कम्तिमा वाह्र घण्टा सडक जाम गर्न परेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा मात्र दाङ जिल्लामा सडक दुर्घटनामा ८१ जनाको ज्यान गएको छ । साना ठुला गरी २ सय २९ वटा दुर्घटना भएका छन् । दुर्घटना धेरैजसो तिव्र गति र लापर्वाहिका कारण भएको बताईन्छ । केहि दुर्घटना सडकको खरावीका कारण पनि भएका देखिन्छन् । जिल्ला ट्राफिक प्रहरीको अनुसन्धानले धेरैजसो दुर्घटना मोटरसाइकलका हुने गरेका छन् । दुर्घटना हुने व्यक्तिको उमेर समुहपनि २५ बर्ष देखि ४० बर्ष देखिन्छ । दुर्घटना हुने समय साझ ६ बजेदेखि साझको १२ बजेसम्म देखिन्छ । शुक्रवार र सनिवार बढि भएको देखिन्छ ।

‘यी अनुसन्धानबाट के खुलाउन सकिन्छ भने, धेरैजसो दुर्घटना मापसे वा लापसेका कारण भएको स्पष्ट भन्न सकिन्छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपेन्द्र वम भन्छन् । त्यसो त दुर्घटना न्युनिकरण हुन नसक्नु भनेको सचेतनाको कमि पनि हो । सडकको अवस्था पनि दयनिय छ । पाँच मिटर चौडाइको सडकमा दुइतर्फि यातायात चलाउनु भनेको कम्ति चुनौतिको विषय होइन ।

प्रहरीले दुर्घटना न्युनिकरण सचेतना अभियान नचलाएको होइन, तर जान्दा जान्दै पनि साघुरो सडकमा तिब्र गतिमा सवारी चलाउने र ओभरटेक गर्ने प्रबृत्ति रोकिन नसकेको ट्राफिक प्रहरी प्रमुख वमले बताए । साँघुरो सडकमा ओभरटेक गर्दा होस वा तिव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढिरहेको प्रहरीको तर्क छ । नियमित चेकजांच जतिसुकै बढाए पनि दुर्घटना भने रोकिन सकेका छैनन् । जरीमाना वापत जिल्ला ट्राफिक प्रहरीले बार्षिक करोड भन्दा बढि राजश्व उठाए पनि दुर्घटनामा ज्यान जानेहरुको संख्या भने बर्षेनी बढिरहेको तथ्यांकले देखाएको छ ।

दुर्घटना न्युनिकरणका लागी घोराही–तुलसीपुर सडक खण्डमा सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड पनि लागु गरीयो, तर यसले पनि सवारीको स्पीड नियन्त्रण हुन सकेन् । तोकिएको समयमा गन्तव्यमा पुग्ने देखिए पनि बीचमा भने कतै अत्यधिक गतिमा सवारी चलाउने त कतै खाना खान रोके जसरी बस रोक्ने प्रबृत्ति हावी छ । अहिले टाइमकार्ड लागु नभएको अवस्थामा त ओभरटेक गर्नेको होडवाजीनै चलेको सार्वजनिक बसमा यात्रा गर्ने तुलसीपुर उपमहानगरपालिका–१८का स्थानियबासी कृष्ण वहादुर डांगीले बताए । ‘बस कुरेर बसेको हुन्छु, धेरैवेर सम्म बस आउदैनन्, आएपछि दुइ वा तीनवटा एकै पटक आउछन्, एउटाले साइड लगाएर रोक्न नपाउदै अर्कोले ओभरटेक गरीदिन्छ’, डाँगीले भने । द

ुधरासबाट छुटेको बस नारायणपुर सम्म त समयमै पुग्न, त्यो स्टेशनमा यति धेरै वेर बस रोकिन्छकि आफुले चाहेको समयमा कहिल्यै घोराही पुग्न सकेको रेकर्ड छैन’, डांगीले भने । दुर्घटनाकै अर्को कारण ग्याप मिलाउने प्रतिस्पर्धा पनि हो । यसमा पनि सवारीचालकले कहिकतै असुरक्षित तवरले सवारी चलाउने गरेको पाइन्छ । दुर्घटना न्युनिकरणमा सवैको हातेमालो आवस्यक देखिन्छ । प्रायजसो मानिसको मृत्यु हुने खालका दुर्घटना मोटरसाइकलकै भएकाले तिव्र गतिमा मोटरसाइकल नचलाउन प्रहरीले अनुरोध गरेको छ । त्यसैगरी साँझको समयमा अत्यधिक दुर्घटना हुने भएकाले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी नचलाउन पनि ट्राफिक प्रहरीको अनुरोध छ ।

चारलेन बनाउने नाममा क्षत विक्षत भएको सडक अहिले सांघुरींदै कतै कतै तीन मिटरमा मात्रै पनि सिमित भएकाले अत्यन्तै सावधानी पुर्वक सवारी चलाउन पनि सुरक्षा अधिकारीहरुले अनुरोध गरेका छन् । अधिकांश दुर्घटनाहरु सडक कटिङ गरेकै क्षेत्रमा हुने गरेका छन् ।

साभारः साक्षी खबर

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस