तुलसीपुर । दाङको तुलसीपुरमा केरा बोकेको मिनि ट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा भारतको उत्तर प्रदेश बहराइज बस्ने ३१ बर्षीय रियाज दिन र सहचालक सोही ठाउँका २१ बर्षीय रितेश सोहनाकार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
भारतबाट नेपालगञ्ज हुदै तुलसीपुरतर्फ आउदै गरेको UP४०AT२०७४ नम्बरको केरा बोकेको मिनि ट्रक आज दिउँसो साढे १२ बजेको समयमा तुलसीपुर–१३ दमारगाउँ नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी घाइते भएका दुबैजानको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडीको स्ट्रीङ फेल भएर दुर्घटना भएको चालकले बताएका छन् । गाडी अहिले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार


