अष्ट्रेलियाले सेप्टेम्बरमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिने

क्यानबेरा । अस्ट्रेलियाले प्यालेष्टाइनलाई राज्यको रुपमा मान्यता दिने भएको छ । सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घ (युएन)को महासभामा सो काम गरिने प्रधानमन्त्री एन्थोनी अल्बानेजले सोमबार भनेका छन् ।

बेलायत, फ्रान्स र क्यानडाको कदमलाई पछ्याउँदै अस्ट्रेलियाले सो निर्णय गरिएको हो । अस्ट्रेलियाले प्यालेष्टाइन अथोरिटी (पीए)बाट निःशस्त्रीकरण गर्ने, आम निर्वाचन सम्पन्न गराउने अनि इजरायलको अस्तित्वको अधिकारलाई मान्यता दिनेलगायत प्रतिबद्धता पाएको पनि अल्बानेजले बताए ।

दुई राज्य समाधान मध्य पूर्वलाई हिंसाको चक्रबाट बचाउने अनि गाजामा जारी द्वन्द्व, पीडा र भोकमरीलाई अन्त्य गर्ने मानव जगतको सबैभन्दा उत्तम आशा भएको पनि उनले बताए । पछिल्लो समय इजरायलमाथि गाजा युद्ध अन्त्य गर्ने दबाब बढेको छ ।

तर प्यालेष्टाइनलाई राज्यको मान्यता दिनु आतंकवादलाई पुरस्कृत गर्नु भएको उसको तर्क छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस