मानवीय सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली गोलाबारी

इजरायली गोलाबारीमा परी उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

गाजा नागरिक रक्षा एजेन्सीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार इजरायली गोलाबारीमा ३०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यता इजरायलले भने अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सेना (आईडीएफ) ले गाजाका बासिन्दाहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि गोली चलाएको बताएको छ, तर कुनै हताहतको रिपोर्ट नआएको जनाएको छ ।

एएफपीका अनुसार गाजाको अल–शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि अस्पतालमा ३५ जनाको शव आइपुगेको बताए ।

एसोसिएटेड प्रेसका अनुसार अस्पतालले कम्तीमा ४८ प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस