भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा

काठमाडौँ – माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभाको बुधवारको बैठकमासांसद शर्माले देशमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको दाबी गरेका हुन्।

शर्माले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिए। सांसद शर्माले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाए।

उनले भने, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषि सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन्।’

भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरुको सम्पती छानविन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराए।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस