काठमाडौँ । पछिल्ला केही वर्षहरूमा छाला र कपालको हेरचाहमा चामलको पानी अर्थात् चौलानीको प्रयोग गर्ने चलन धेरै बढेको छ ।
चौलानी छाला र कपालको लागि धेरै फाइदाजनक मानिन्छ । यसलाई छाला र कपालमा लगाउनाले धेरै फाइदा हुन्छ भन्ने कुरा हामीले सुन्दै पनि आएका छौँ । कपालमा चौलानी प्रयोग गर्दा हुने फाइदाहरूबारे यस प्रकार छन्:
कपालको वृद्धिको लागि चामलको पानी धेरै फाइदाजनक मानिन्छ । चौलानीले कपाललाई बलियो बनाउँछ । चौलानीमा इनोसिटोल हुन्छ, जुन कपालको गहिराइमा जान्छ, बिस्तारै बिस्तारै कपाललाई सुरक्षा दिन्छ र यसलाई बलियो बनाउँछ ।
चामलको पानीले तपाईंको कपाललाई मोइस्चराइज गर्छ, सुख्खापनबाट रोक्छ । यसले कपालको बनावटलाई नरम बनाउँछ र घुमाउरो कपाललाई व्यवस्थापन गर्न धेरै सजिलो बनाउँछ । कपालमा चामलको पानी प्रयोग गर्दा कपाल चम्किलो र नरम पनि हुन्छ ।
चौलानीमा धेरै स्टार्च हुन्छ, जुन कपालमा लगाउन धेरै फाइदाजनक हुन्छ । चामललाई एक दुई पानी पखालेर भिजाएर राख्नुहोस् । तीस मिनेटपछि सो पानीलाई छानेर एउटा भाडामा निकाल्नु होस् । यो पानीलाई एक दिनको लागि त्यत्तिकै रहन दिनुहोस् । यसरी चौलानीलाई राख्दा यसको एन्टिअक्सिडेन्ट स्तर बढ्छ ।
चौलानीले यसरी धुनु:कपाल
आफ्नो कपाललाई स्याम्पु र कन्डिसनरले धुनुहोस् ।
त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस् ।
अनि चौलानीलाई आफ्नो कपालमा खन्याउनुहोस् र २० मिनेटसम्म मालिस गर्नुहोस् । अरू १० मिनेटसम्म यसलाई त्यत्तिकै रहन दिनुहोस् अनि राम्रोसँग कपाल धुनुहोस् ।


