रगतमा हेमोग्लोबिन कमी हुँदा धेरै जना पिरोलिन्छन्। रगतमा हेमोग्लोबिन तथा राता रक्तकोष (आरबीसी) को कमी भएमा रक्तअल्पता हुन्छ। रक्तअल्पताको समस्या सामान्यतया बालबालिका, महिला, गर्भवती तथा सुत्केरी आमाहरूमा बढी मात्रामा देखा पर्दछ।
रक्तअल्पताका कारणहरू
– खानामा फलाम तत्त्व (आइरन) को कमी भएमा।
– पेटमा परजीवी वा जीवाणुको संक्रमण भएमा (अंकुशे जुकाले आन्द्रामा बसेर रगत चुसेमा)
– गर्भवती अवस्थामा पौष्टिक तत्त्वको कमी भएमा।
– बच्चाहरूमा पौष्टिक तत्त्वको कमी भएमा।
– बढ्दो उमेरका बालबालिकामा पोषणको कमी भएमा।
रक्तअल्पताका लक्षणहरू
– जिब्रो, ओठको भित्री भाग, आँखा र नङ फुस्रो देखिन्छन—गर्भवती र दूध खुवाउने महिलाहरूमा काम गर्न जाँगर नलाग्ने, चाँडै थाक्ने, रिंगटा लाग्ने, दुब्लाउँदै जाने हुन्छ।
– स्याँ—स्याँ भएर श्वास फेर्न गाह्रो हुन्छ।
– साना केटाकेटीहरूले माटो खाने गर्छन्।
के छ, उपाय ?
– कलेजो, माछा, मासु, अण्डा, अन्न, दाल, गेडागुडी प्रशस्त मात्रामा उपभोग गर्नु पर्छ।
– भिटामिन सीयुक्त खाना जस्तै : अमला, अम्बा, कागती, सुन्तला, सागपात खानुपर्छ।
– डाक्टरको परामर्शमा नियमित रूपमा फलाम चक्की (आइरन ट्याब्लेट) खानुपर्छ।


