निद्रा लाग्दैन ? यसो गरौं

२४ घण्टामा ७ देखि ८ घण्टा मस्त निदाउनु शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। निद्रा नपुगेको अवस्थामा सुरुमा शरीर गल्ने, कमजोरी महसुस हुने, झर्को लाग्ने, काममा ध्यान नजाने जस्ता सामान्य समस्या देखिन्छन्।
– निद्रा नलाग्नाका कारणहरू केलाएर आफ्नो निद्राको समस्या किन भइरहेको छ पत्ता लगाऔं।
– निद्रा नलाग्ने सकेसम्म कारणहरूबाट बचौं।
– आफ्नो जीवनशैली परिवर्तन गरौं।
– रातिको खानापछि केही समय टहल्ने गरौं।
– राति सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गरौं।
– सकेसम्म रातको १० बजे सम्ममा सुत्ने कोसिस गरौं।
– सुत्नुअघि मोबाइल, कम्प्युटरको उपयोग नगरौं।
– सकारात्मक सोचको विकास गरौं।
– सुत्नुअघि सुन्दर दिनको लागि आभार प्रकट गरौं।
– दिनभरि आफूले गरेका राम्रा कामहरू स्मरण गरौं।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस