‘सारंग’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘सारंग’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा देखिन्छ ।

निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रले बालमनोविज्ञान, बालअधिकार, धन हुने र नहुनेबीचको यथार्थ कथा भन्ने बताइएको छ ।

चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समिरमणि दीक्षित, सुरज तमुलगायत कलाकारको अभिनय छ ।

चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेका छन् । ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस