बेलझुण्डी खानेपानीमा नयाँ धाराबाट पानी सुरु

बेलझुण्डी । बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहलगानी खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भए संगै माघ १ गते देखि नयाँ धाराबाट पानी सुचारु गरेको छ ।

संस्थाका अध्यक्ष प्रदीप गौतमका अनुसार सह लगानी खानेपानीको आयोजनाबाट निर्माण गरिएको हुँदा यो पानी बितरण परिक्षण गरिएको बताउनु भयो । ‘ हाम्रो यो आयोजनाले सफा र शुद्ध पानी बितरण गर्नुका साथै पानीको पनि सहज पहुँच हुन्छ झ । अध्यक्ष गौतमले भन्नू भयो ।

मुहानदेखि मुखसम्म उपभोक्ताले शुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताउनु भयो । वर्षौं पुरानो खानेपानी आयोजनामा सहलगानीमा लागू भएपछि उपभोक्ताले झेल्दै आएको खानीपानीको अभाव टर्ने संस्थाले जनाएको छ । ३४४० सय घरधुरी रहेको आयोजना क्षेत्रमा सहलगानी लागू भएपछि उपभोक्ताहरू खुशी भएका छन् ।

यस आयोजना २०७८ भदौ ५ सम्झौता भएको र मंसिर देखी संचालन भएको थियो । सम्झौता बमोजिम २०८० भाद्र १५ गते सम्म काम सम्पन्न गरिसक्नु पर्ने विभिन्न कारणले लम्बियको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

झन्डै ३४ सय ४० घरधुरी रहेको यस आयोजनाबाट २० हजार उपभोक्ता रहेका छ्न । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ गरि ४ वटा वडाहरुमा खानेपानी बितरण गरिएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतमा सम्झौता वमोजिम यो आयोजना सञ्चालन गरिएको थियो । ४४ वर्ष पुरानो यो आयोजनाको आर्थिक वर्ष २०७७/०७८ मा दोश्रो डिपिआर गरिएको थियो भने सहलगानीमा ३२ करोड ६ लाख लागत लागेको अध्यक्ष गोतमले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस