जाडोमा किन खाने यी तीन सिड्स ?

काठमाडौं– चिसो मौसममा शरिरलाई स्वस्थ राख्न धेरै नै कठिन हुन्छ । चिसो मौसममा सानातिना लापरवाहीका कारण शरीरमा रोगले आक्रमण गर्छ । यसैकारण यो मौसममा तपाईँले आफ्नो आहार अर्थात खानपिनमा विशेष ध्यान दिनु पर्छ । यसका लागि हामीले यस्ता केही चीजहरू समावेश गर्नु पर्छ, जसले शरीरलाई भित्रबाटै पोषण प्रदान गर्छ र शरिरलाई न्यानो राख्छ । चिसोमा यी सिड्सको सेवनले तपाईको शरिरका लागि धेरै नै फाइदाजनक हुन्छ ।

सिड्स हाम्रो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुन्छ, किनकि यसमा प्रोटिन, फाइबर, हेल्दि फ्याट, भिटामिन र खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । विशेषगरि जाडोयाममा यसको सेवन गर्नु फाइदाजनक मानिन्छ । यसले इम्युनिटी सिस्टम अर्थात् रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउनुको साथै शरिरलाई न्यानो पनि बनाउँछ । सिड्सलाई यत्तिकै पनि खान सकिन्छ, तर यसलाई भिजाएर वा भुटेर खाँदा बढि लाभदायक मानिन्छ, किनभने यसो गर्नाले सिड्समा पाइने पोषक तत्वलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्दछ ।

यहाँ हामी तपाईंहरुलाई केही सिड्सहरूको बारेमा बताउँदै छौं, जुन जाडो मौसममा आफ्नो आहारमा समावेश गरेर फाइदा उठाउन सकिनछ ।

आलस

आलस ओमेगा ३ फ्याटि एसिडको उत्कृष्ट स्रोत हो, जसले हड्डीलाई मजबुत बनाउँछ र मुटुको लागि पनि फाइदाजनक हुन्छ । आलसमा स्वस्थ फ्याटि एसिड पनि हुन्छ, जुन हाम्रो छालाको लागि पनि राम्रो हुन्छ । आलस हाम्रो छालाको लागि वरदान सरह हुन्छ किनकि यसको सेवनले हाम्रो छालालाई बुढ्यौलिपनाबाट टाढै राख्न मद्दत गर्छ।

चिया सिड्स

चिया सिड्स तौल घटाउनको लागि जति लोकपिय छ, त्यति नै छालाको लागि पनि लाभदायक रहेको छ । चिया सिड्समा पनि ओमेगा९३ फ्याटि एसिड पाइन्छ, जो मुटुको लागि अत्यन्तै फाइदाजनक हुन्छ । चिया सिड्समा क्याल्सियम, म्याग्नेसियम र फोसफोरस जस्ता मिनरल्स पाइन्छ, जसले हड्डिलाई मजबुत बनाइराख्छ। चिया सिड्समा पाइने एन्टिअक्सिडेन्टले फ्री रेडिकलसँग लड्छ र मुटुलाई स्वास्थ्य र क्यान्सर जस्ता रोगहरूबाट बचाउँछ ।

फर्सिको बियाँ

फर्सिको बियाँ पनि स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ, किनभने यसमा एन्टिअक्सिडेन्ट, स्वस्थ फ्याट र मिनरल्स पाइन्छ । यसको सेवनले कोशिकालाई पोषण दिन्छ । फर्सिको बियाँमा पाइने म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्छ । फर्सिको बियाँमा भिटामिन(ई), ओमेगा(३) फ्याटी एसिड र एन्टिअक्सिडेन्टहरू पाइने हुँदा यसको सेवनले छालालाई जवान राख्न मद्दत गर्छ । साथै यसको सेवनले कपाललाई मजबुत बनाउँछ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस