पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पाण्डेवेश्वर मन्दिरको दर्शन

तुलसीपुर । मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइरहनु भएको छ ।

धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत निस्किए पनि औपचारिक कार्यक्रममा भने उहाँ कमै जाने गर्नु भएको छ ।अहिले बाके नेपालगंजलाइ मुकाम बनाएर पुर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालका शक्ती पीठहरुको पुजा अचर्ना गरिरहनु भएको छ । सोही क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले मंसीर २९ गते शनिबार छोरीका साथ घोराही उपमहानगरपालीका धारापानी पाण्डेवेश्वर मन्दिरको दर्शन गर्नुभएको छ। केही दिन देखि नेपालगन्जमा रहनुभएका पूर्वराजा शाह पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न पुग्नुभयो। सो अवसरमा पूर्व राजा शाहलाई मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष गणेश अधिकारीले मन्दिर दर्शन गराउँदै पूजा गराउनु भएको थियो।

सो अवसरमा पूर्व राजा शाहलाई भेट्न ठुलो संख्यामा स्थानीय धारापानी मन्दिरमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेले जानकारी गराउनु भयो । नेपालगंगबाट दाङ तुलसीपुरको बाटो हुन्दै घोराही धारापानी जाने तय भए पछि तुलसीपुरमा पनि राजाको भव्य स्वागत भएको थियो । तुलसीपुरमा राजाका शुभचिन्तकहरुले ठाँउ ठाउँमा स्वागत गेट बनाएका थिए । बाहीनी चौक देखि बिरेन्द्र चौक सम्म राजार्लाई फुल गुच्छा दिने बाक्लै शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । पञ्चेवाजा , पञ्चकन्या द्वारा फुल गुच्छा द्वारा स्वागत र वट्कद्वारा स्वस्तीक पाठ गरि स्वागत गरिएको थियो ।

स्वर्गिय राजा बिरेन्द्रको शालिकमा पुर्व राजा ज्ञानेन्द्रले माल्यर्पण गर्नु भएको छ ।। दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले राजा आउ देश बचाउ , हाम्रो राजा प्राण भन्दा प्यारो छ नारा लगाएका छन् । दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनका लागि जाने क्रममा तुलसीपुरमा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्रलाई तुलसीपुरमा स्वागत गर्दै उनीहरूले देशमा राजाको विकल्प नभएको भन्दै यस्तो नारा लगाएका हुन् । पूर्व राजा ज्ञानेन्द्रलाई हेर्नका लागि हजारौको सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो । राजा ज्ञानेन्द्रले तुलसीपुरमा रहेको पूर्व राजा वीरेन्द्रको अर्धकदको सालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।

राजालाई हेर्न र स्वागत गर्न राजावादी मात्रै थिएनन् । स्वतःस्फूर्त रुपमा नागरिकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो । झनपछि झन नागरिकको उपस्थिति बढ्नुमा राजनीतिक दलप्रतिको वितृष्णा पनि हो ।’ नागरिकको उल्लेख्य सहभागिता बढेपछि भिड थाप्न प्रहरीलाई हम्मेहम्मे भएको थियो पुर्व राजा ज्ञानेन्द्र धारापानीको मन्दिर दर्शनपछि आजै नेपालगन्ज फर्किने कार्य तालिका रहेको दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । सोही अवसरमा पूर्व राजा ज्ञानेन्द्रले शुभचिन्तकहरुसंग भेटघाट गरेका थिए ।

शुभचिन्तकहरुले स्वागत सत्कार र भ्रमण ब्यबस्थीत गर्नकोलागी जिल्ला मुल आयोजक समितीमा गंगा चौधरीको संयोजकत्वमा दाङमा रहेका बिभिन्न संघ संगठनका अध्यक्षहरु सह संयोजक रहने गरि मुल समिती बनाएका थिए भने त्यसैगरि तुलसीपुरकोलागी प्रेम बहादुर शाह संयोजक र सदस्य सचिवमा भुपाल रावत रहने गरि समिती गठन गरेको छ ।

भ्रमणका क्रममा पूर्वराजाले स्थानीयसँग अन्र्तक्रिया समेत गर्नु भएको छ । नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना शाहले पश्चिम नेपालमा धार्मिक भ्रमण गर्नुहुने भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल शाह, छोरी प्रेरणा र भतिजी सिताष्मासहित पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्ज आउनुभएको हो ।

नेपालगन्जमा मुकाम बनाएर करिब एक महिना शाहले धार्मिक भ्रमण गर्नुहुने भएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस