काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ सार्वजनिक भएको छ । टेक बिसी र सिर्मन परियारको स्वर, भीम बिसीको सङ्गीत र केशव बाबुको एरेन्ज गीतमा छ ।
गीतको भिडियोमा पल शाह र खुसी कार्कीलाई फिचरिङ गरिएको छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी भिडियोमा छ ।
गीतको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार