
काठमाडौं । चलचित्र घरज्वाइँ यही २८ असारबाट रिलिज हुने भएको छ । चलचित्रको रिलिज तिथि नजिकिँदै गर्दा यो चलचित्रको दोस्रो गीत यानीमाया…को भिडियो सार्वजनिक गरिएको छ । शनिबार युट्युबबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
यो गीतमा हर्क साउदको शब्द रचना, मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरले अभिनय गरेका छन् । भिडियोमा घरज्वार्ई बस्नेको कथा र प्रेम प्रस्तुत छ ।
चलचित्र घरज्वाईँमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन निर्देशक अनिलकै कथा, विनोद खतिवडा र सुभास कोईरालाको स्कृप्ट रहेको छ ।
मगर संस्कृतिमा आधारित यो चलचित्रलाई पूर्वी रुकुम आसपासमा छायांकन गरिएको हो ।
चलचित्रमा हर्क साउदको गीत र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भण्डारीले सम्पादन गरिरहेको यो चलिचत्रलाई एमएसएम अष्ट्रेलियाले अन्तराष्ट्रिय वितरण गर्नेछ । यसलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।