
काठमाडौं : गायक विजय घिमिरे (भि जे) र जे अथरको स्वरमा ‘किच किच’को भिडियो सार्वजनिक भएको छ। भिजे म्युजिक युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज भएको हो।
आरएनबि शैलीको यस गीतलाई भिजे, जे अथर र युबेनब्लाकले संयुक्त रुपमा लेखेका हुन् भने गीतको बिट जे अथरले बनाएका छन्।
युकेमा बसोबास गर्दै आएका भिजेले उतै गीतको भिडियो निर्माण गरेका छन्।
उनको गीत र भिडियोमा केही फरक शैलीको देख्न सकिन्छ।
यसअघि गायक भिजेले बेहुली ,आइ लब यु ,तिम्रो मेरो माया’ लगायत गीत स्रोतामाझ ल्याएका थिए।
प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार