`एकान्तमा आशु खसाए’ को सफलतापछि गीतकार लक्ष्मण पाण्डेको ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक


गीतकार लक्ष्मण पाण्डेद्वारा रचित ‘हाँसेबोले आनन्द हुनी’ बोलको लोक दोहोरी गीत स्रोता माझ आएको छ । यो गीतलाई गीतकार पाण्डेले आफ्नै अफिसियल युटुब च्यानल मार्फत आज वैशाख १६ गते आइतबार सार्वजनिक गर्नु भएको हो ।

सदाबहार लोकप्रिय लोक गायक कुलेंद्र विश्वकर्मा र सर्वप्रिय लोक गायिका शान्तिश्री परियारले स्वरबद्द गर्नु भएको यस गीतमा शब्द संगीत गीतकार पाण्डेको रहेको छ भने एरेञ्ज विनोद बाजुरालीले गर्नु भएको छ । करिश्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभिनय गर्नु भएको छ, यो गीतको छायांकन रुपन्देही जिल्लाका विभिन्न रमणीय स्थानमा गरिएको हो ।

मन परेको मान्छे नबोल्दा मनमा पिर पर्ने तर त्यही मनमा बसेको प्यारो मान्छे बोल्दा आनन्दै हुने, पहिले हास्दा बोल्दा माया गाँसेको त्यही मान्छे नबोलेर हिन्दाका पिडाहरु पोखिएको छ ।

विक्रम परियार र शान्तिश्री परियारको स्वरमा एकान्तमा आशु खसाए, अस्मिता अधिकारीको स्वरमा खुशी हुन्छ जिन्दगी, कमल खनाल र देवी घर्तीको स्वरमा पन्चेबाजामा आधारित अबत गएछ पालो जस्ता गीतहरु स्रोता माझ ल्याई सक्नु भएको छ । एकान्तमा आँशु खसाए बोलको गीत युटुब च्यानलमा राम्रो भ्युज गएको छ । यी सबै गीत मध्ये विक्रम परियार र शान्तिश्री परियारको स्वरमा ‘एकान्तमा आशु खसाए’ बोलको गीतलाई स्रोताले निकै रुचाउनु भएको गीतकार पाण्डेको भनाई छ ।

‘मैले गीत लेख्दा केहि साथीभाईले मार्मिक गीत खास्सै चल्दैन नगर्नुस भन्ने खालका सुझाव दिनु भएको थियो तर मैले सोचेको र उहाँहरुको सल्लाह भन्दा फरक तरिकाले गीतले गति लियो, खुशी छु’- गीतकार पाण्डेले भन्नु भयो । गीतले कतिबेला गति समात्छ केहि थाह नहुने रैछ, चल्दैन भनेको गीतले नाम र दाम दुवै दियो, लगानी उठाए र त्यहि गीतको हौसलाले पुनः अर्को सिर्जना गर्ने हिम्मत पलाएको पाण्डेको भनाई छ ।

गीतकार पाण्डे भन्नु हुन्छ -‘एकान्तमा आशु खसाए’ बोलको गीतलाई जसरी माया गर्दिनु भएको छ त्यसैगरी ‘हाँसेबोले आनन्द हुनी’ बोलको गीतलाई पनि माया गरि दिनु हुनेछ भन्ने विश्वास लिएको छु, मेरो गीतमा कहींकतै कमीकमजोरी भए आफ्नै भाई छोरा सम्झेर सल्लाह सुझाव दिनु होला भन्न चाहान्छु।

गीतकार पाण्डे रुपन्देही जिल्लाको सुद्दोधन गाउँपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । कार्यालय समयपछि गीत संगीतमा रमाउने, समय सान्दर्भिक र वस्तुस्थिति बुझेर शब्द चयन गर्न रुचाउनु हुन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस