ओस्कार अवार्डको नियममा व्यापक हेरफेर

काठमाडौं । सन् २०२५ मा हुने ओस्कार अवार्डको नियममा महत्वपूर्ण हेरफेर भएको छ । एकेडेमीको बोर्ड अफ गभर्नर्सले मार्च २ मा हुने ९७ औं ओस्कार समारोहका लागि नयाँ नियम स्वीकृत गरेको छ ।

प्रमुख विधाका नियममा परिवर्तन भएको छ । नयाँ नियमअनुसार एक साताअघि रिलिज भएका फिल्म ओस्कारका लागि योग्य मानिने छैन ।

संगीतको लागि नियममा परिवर्तन

नयाँ नियम संगीतकारका लागि लाभदायक हुनेछ । अबदेखि तीनजनासम्म संगीतकारले व्यक्तिगतरुपमै ट्रफी प्राप्त गर्न सक्नेछन् । यसअघि सबै संगीतकारले सामूहिकरुपमा ट्रफी सेयर गर्नुपर्ने बाध्यता थियो । अब १५ देखि २० सम्म सर्टलिस्ट पनि घोषणा हुनेछ, जुन जनवरीमा आधिकारिक मनोनयनको मतदान अवधि सुरु हुनुअघि डिसेम्बरको अन्त्यमा घोषणा गरिनेछ ।

ड्राइभ–इन थिएटरमा देखाइएका फिल्म योग्य नहुने

एकेडेमीले अब ड्राइभ–इन थिएटरलाई ओस्कार योग्यताका लागि योग्य ठाउँको रूपमा मान्यता दिनेछैन, जुन कोभिडकालमा इन्डोर फिल्म थिएटर बन्द हुँदा अस्थायीरुपमा अपनाइएको थियो ।

सर्वोत्कृष्ट फिल्म विधामा परिवर्तन

सर्वोत्कृष्ट फिल्मको मनोनयनमा पर्न सन् २०२३ को नियमका सर्त पूरा गरेको हुनुपर्छ, जसमा ६ अमेरिकी बजारका हलमा कम्तीमा सात दिन फिल्म चलेको हुनुपर्छ । यसअनुसार ४५ दिनसम्म प्रमुख ५० अमेरिकी सहरमध्ये १० वटामा निरन्तर प्रदर्शन हुनुपर्नेछ । २४ जनवरी २०२५ सम्म प्रदर्शन भइसकेका फिल्मले मात्र सहभागिताको मौका पाउनेछन् ।

एनिमेटेड फिल्म पनि समावेश गरिने

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य एनिमेटेड फिल्म पनि उत्कृष्ट एनिमेटेड फिचर विधामा समावेश गर्न सकिने भएको छ । तर यी दुवै विधामा छनोट हुन योग्य हुनुपर्नेछ । नेपालले पहिलेदेखि नै अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिंदै आएको छ । यो नियमले नेपाली एनिमेटेड फिल्मलाई पनि सजिलो भएको छ । तर फिल्म छनोटका लागि योग्य हुनुपर्‍यो ।

पुरस्कारको नाम पनि परिवर्तन

यति मात्र होइन, गभर्नर अवार्डमा पनि केही परिवर्तन गरिएको छ । इरभिङ जी थालबर्ग मेमोरियल अवार्ड निर्माताको रचनात्मक निरन्तरता र गुणस्तरीय कार्य गरेबापत प्रदान गरिने भएको छ । अब ओस्कार अवार्ड थालबर्गको परम्परागत मूर्तिको सट्टा ओस्कार प्रतिमाको रुपमा दिइने भएको छ । मूर्तिको रुपमा दिइने भएको छ । यससँगै वैज्ञानिक र प्राविधिक विधाका दुई पुरस्कारको नाम पनि परिवर्तन गरिएको छ । जोन ए बोनर अवार्डको नाम परिवर्तन गरी ‘वैज्ञानिक तथा प्राविधिक सेवा पुरस्कार’ राखिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस