तुलसीपुर ।
मावि तुलसिपुर सेन्टर ईन्ट्रा स्कुल खसी कप सेभेन ए साईट फुटबल प्रतियोगिता ईलेक्ट्रीकल कक्षा ११ ले जितेको छ ।
ईलेक्ट्रीकल ११ ले आयोजना गरेको प्रतियोगिताको फाईनलमा ईलेक्ट्रीकल कक्षा १२ लाई पेनाल्टी सुट आउटमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै ईलेक्ट्रीकल ११ ले खसी कप फुटबल जितेको हो । उसले २० हजार बराबरको खसी हात पार्यो ।
मावि सेन्टरको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समयसम्म गोल रहित बराबरी भएपछी नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको बिद्यालयका खेलकुद शिक्षक दुर्गाराज लवटले जानकारी दिनु भएको छ ।
दुईदिनसम्म चलेको प्रतियोगितामा बिद्यालयका जनरल,आईटी,म्यानेजमेन्ट,जियोम्याटिक्स,ईलेक्ट्रीकल लगाएतका दश टिमको सहभागिता रहेको थियो ।
यसैबिच मावि तुलसिपुर सेन्टरले यहि असोज १२ र १३ बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश स्तरिय खुला कराते प्रतियोगितामा कास्य पदक बिजेता खेलाडी विशाल जिसीलाई सम्मान गरेको छ ।
माबि तुलसिपुर सेन्टरमा अध्ययनरत बिशालले ५५ केजि तौल समूह कुमुतेतर्फ तेस्रो स्थान हात पार्नुभएकाे हाे ।
पछिल्लो समय बिद्यालयलाई खेलमैत्री बनाउन चासो र चिन्तनका साथ शसक्त लागि परेको मावि सेन्टरले खेलाडि लाई थप हौसला प्रदान गर्न बधाई तथा सम्मानका कार्यक्रम गर्ने गरेको विद्यालयले जानकारी दिएको छ ।


