राष्ट्र गुरु योगी नरहरिनाथ : ब्यक्ती र ब्यक्तीत्व

पुर्वी दर्शनका ज्ञाता योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते नेपालको बिकट जिल्ला कालिकोटमा भएको थियो । पिताको नाम ललितसिंह थापा र माता गौरा देवी हो । योगी नरहरी नाथको बाल्यकालको नाम बलवीर कृष्ण थापा थियो । योगीको बास्तविक नाम बलबीर सिंह थापा थियो । उहाँका परिवाजनहरुको भनाईअनुसार भारद्घाज गोत्री बझाङ्गी सिंह ठकुरीहरूको बंशजस भएको र पछि थापा पद सुरक्षाकर्मीका रुपमा राज्यको दायित्व लिदा भएको हो । आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको हो ।


कालीकोट जिल्लाको लालू गाउँमा जन्मिएका योगी नरहरीनाथले पश्चिम नेपालबाट शुरु गरेको ऐतिहासिक तथा पुरातात्विक खोजलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म पु¥याएका छन् । प्रकान्ड विद्वान् योगीले देश दर्शनमा जीवन ब्यतित गर्नु भयो । देश एवं विदेशका धेरै ऐतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण अध्ययन गरेर वहाँले धेरै उपयोगी पुस्तकहरु प्रकाशन गर्नु भएको छ ।। पुर्वी दर्शनका ज्ञाता योगीले धर्म, भाषा, इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य जस्ता अनेकन बिधाका पुस्तकहरु लेख्नु भएको छ । वास्तबमा उहाँ अद्वितीय विद्वान् एवम् वैदिक वाङ्मयका मर्मज्ञ ज्ञाता हुनुहुन्थ्यो ।

वेद, वेदान्त, दर्शन, इतिहास, लगाएत मानव जीबनसंग सम्बन्धित विषयका पुस्तकहरु लेख्नु भएको छ । वहाँले नेपालमा मात्र नभैइे भारत लगायत बिश्वका धेरै देशहरुमा धर्म , संस्कृतीको बारेमा प्रवचन दिनु भएको थियो । उहाँले नेपालको भूगोल , ईतिहास, जात जाती, धर्म संस्कृती भेष भुषाको बारेमा पुस्तकहरु प्रकाशन गर्नु भएको छ । भगवान गोरखनाथका अनुयायी योगी नरिहरिनाथले मानव, जीव, बनस्पती सवैको कल्याणकोलागी खोज , अनुसन्धान गर्नु भयो । नेपालको बिकट गाउमा जन्मेका योगीले शिक्षा प्राप्तकालागि सानै उमेरमा घर छोडनु परेको थियो ।

नेपालीकालागि आदर्स पथप्रदर्शक योगी जीले नौवटा आफनै सम्पादनमा प्रत्रिका प्रकाशन गर्नु भएको थियो भने धर्म, भाषा, इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य भाषा, बिभिन्न जातिका बंशावली लगायत मानव उपयोगी ५ सय ७१ वटा पुस्तकहरू प्रकाशित भैइसकेका छन भने कयौ कृतीहरु पुस्तक तयार भैइसकेका पाण्डुलिपी छन् । उहाँले लेखेका पुस्तकहरुमा नेपालको शासकीय स्वरूप, शक्ति, उद्योगधन्दा, अर्थतन्त्र, रीति–थिती, धर्म, भाषा, शिक्षा, संस्कृती जस्ता देशका सबै महत्वपूर्ण आधार स्तम्भहरू कसरी छद्मभेषमा गिजोल्दैछन् भन्ने उल्लेख गरिएको छ ।


राष्ट्रगुरू योगी नरहरिनाथलाई क्षिप्रानाथले नै बलवीरलाई कन्फटा जोगी बनाउनु भएको हो । राष्ट्रगुरू योगीले भारतको बनारस, हरिद्वार, खन्ना हुँदैे मद्रासको संस्कृत विश्वविद्यालयबाट बी.ए.अनर्श गर्नु भएको थियो । उहाँले नेपाल, भारत, तिब्बत, श्रीलंका, अफगानिस्तान, म्यानमारका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास, भाषा र संस्कृतिको ज्ञान आर्जन गर्नुभयो। उहाँले धेरै भाषाहरु लेख्न बोल्न सक्नु हुनुथ्यो, उहाँले प्राचीन लिपी पनि जान्नु हुन्थ्यो भन्ने प्रमाण वहाले लेखेका केहि पुस्तकहरुमा प्राचिन भाषामा छन् । राष्ट्रगुरु योगी नरहरिनाथका ५ सय ७१ वटा पुस्तक प्रकाशित छन् । उहाँले सङ्कलन गरीएका ऐतिहासिक दस्तावेजहरू नियतवस समाप्त पार्न पटक पटक खोजिए पनि हालसम्म अँझै करीब दुई हजारको संख्यामा अप्रकाशित पुस्तकका लागि तयार पारीएका पाण्डुलिपिहरू फेलापरेका छन् ।


कुनै समयमा कलुषित चाह राखेका विदेशी र आफ्नै प्रचक्रीहरूले देशको सार्वभौम अस्तित्वमानै खललपार्न उद्यतरहेर संयुक्त राष्ट्रको सदस्यहुन अवरोध पारेका वखत राजा महेन्द्रलाई स्वतन्त्र सार्वभौम राज्यलाई संयुक्त राष्ट्र संघको सदस्य हुन चाहिने प्रमाण जुटाउन सहायता गरेर नेपाललाई संयुक्त राष्ट्र संघमा सामेल गराउन अमुल्य योगदान गर्नुभएको थियो । शैवागमको सोधखोज, धर्मजागरण हेतु कोटिहोम (श्रीबृहदाआध्यात्मिकपरिषदः स्वर्णमहत्सव–२०७२ स्मारिका का अुनुसार नेपालमा र विदेसमा गरी जम्मा १२९ स्थानमा कोटिहोम), नेपालमा संस्कृत विश्र्वविद्यालय खोल्न वहाँले नै अलख जगाउनु भयो र दाङ्गमा ‘महेन्द्र संस्कृत विश्र्वविद्यालय’ खुल्यो त्यसपछि ‘सरयु संस्कृत विश्वविद्यालय’ पनि उहाँले नै खोल्नु भएको हो ।


नेपालीकालागि आदर्स पथप्रदर्शक योगी जीले नौवटा आफनै सम्पादनमा प्रत्रिका प्रकाशन गर्नु भएको थियो भने धर्म, भाषा, इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य भाषा, बिभिन्न जातिका बंशावली लगायत मानव उपयोगी ५ सय ७१ वटा पुस्तकहरू प्रकाशित भैइसकेका छन भने कयौ कृतीहरु पुस्तक तयार भैइसकेका पाण्डुलिपी छन् । उहाँले लेखेका पुस्तकहरुमा नेपालको शासकीय स्वरूप, शक्ति, उद्योगधन्दा, अर्थतन्त्र, रीति–थिती, धर्म, भाषा, शिक्षा, संस्कृती जस्ता देशका सबै महत्वपूर्ण आधार स्तम्भहरू कसरी छद्मभेषमा गिजोल्दैछन् भन्ने उल्लेख गरिएको छ ।

योगीले नेपालको स्वतन्त्र स्वाधीन र अक्षुण अस्तित्वको ऐतिहासिक प्रमाणहरूको आधारमा पुस्तकहरु प्रकाशन गर्नु भएको छ । उहाँले स्वाधीन राष्ट्र निर्माणका लागि राजनैतिक चेतना फैलाउनु भयो । उहाँको सम्मानमा नेपाल सरकारले हुलाक टिकट निस्कासन गरेको छ । नेपालका बिभुति राष्ट्र गुरु योगी नरहरिनाथको संझनामा कन्जुसाई गर्नु हुदैन ।

लेखक योगि नरहरिनाथ फाउन्डेसन, अस्ट्रेलियाका अध्यक्ष हुनुहन्छ ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस