बिदेश बाटै शारदाको ‘गाउदिन भन्छु तिजको भाका’ गित सार्बजनिक (भिडियो सहित)

बिदेशी भुमीलाई कर्मथलो बनाएर नेपाली लोक संस्कृतिलाई निरन्तरता दिदै आएकी शारदाको तिज गित बजारमा आएको छ । नेपाली महीलाहरुको महान पर्व हरीतालीका तिजको अवसर पारेर तिज गित बजारमा ल्याउदै आएकी शारदाले यस वर्ष पनि तिज गित सार्वजनिक गर्न सफल भएकी हुन् ।


पुर्व सञ्चारकर्मी समेत रहेकी शारदा धितालले यस बर्ष गाउदिन भन्छु तिजको भाका बोलको गित सार्वजनिक गरीकी छिन् । माया प्रेमको कथा बस्तु समेटीएको उक्त गितमा उमेरमै रमाईलो गर्नुपर्छ भन्ने सन्देश दिन खोजीएको छ ।


पछिल्लो समय अमेरीकालाई कर्मथलो बनाएकी गायिका धितालले २०७३ सालदेखी हरेक बर्ष तिज गित बजारमा ल्याउदै आएकी छिन भने अन्य गितहरु पनि बजारमा आई सकेका छन् । यस बर्ष भर्खरै सार्बजनिक गरीएको गाउदिन भन्छु तिजको भाका बोलको गितमा स्वर धितालको एकल रहेको छ भने शब्द र लय पनि शारदाकै छ ।


साहित्य बिधामा पनि अब्बल मानीएकी धिताल बिदेशी भुमीमा रहेर पनि बिभिन्न नेपाली संघसंस्थामा जोडीएर समाज सेवामा पनि लागी परेकी छिन् ।


शारदाको भर्खरै सार्बजनिक गरीएको गित अमेरीकामै रेर्कट गरीएको हो भने गितको संगित केशब पौडेलले गरेका हुन र एरेन्ज बिपिन आचार्यले गरेका छन् ।

भिडियो

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस