दाङ । संचारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ आइतबार सार्वजनिक भएको छ ।
नेपाली मौलिकतालाई समेटेर तैयार गरिएको गीत नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं वरिष्ठ अधिवक्ता मोहन ईङनामले विमोचन गरेका हुन्।
अनु चौधरीकाे स्वर रहेकाे गीतमा शब्द वसन्त योगीको रहेको छ। भने सङ्गीत तथा एरेन्ज पुस्कर सुनुवारले गरेका छन्। चर्चित मोडेल अन्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको गीतमा आमाको भूमिका कृष्ण कुमारी महतले निभाएकी छिन्।
प्रशान्त मगरले निर्देशन गरेको गीतको अजय रेग्मीले छायाङ्कन र प्रविन भट्टले सम्पादन गरेका हुन्। चलन चल्तीको साधारण शब्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तैयार गरिएको छ।
नेपाली मौलिकता देखाउन खोजिएकोले पनि गीत दर्शक श्रोताले मन पराइदिने निर्माताको विश्वास छ।
प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार


