पिपल चौतारीद्वारा डेरी सञ्चालन


दाङ ।
तुलसीपुर १६ फचकलुवाकाे एक सहकारीकाे सक्रियतामा डेरी सञ्चालनमा आएको छ । आज एक कार्यक्रमको आयोजना गरी पिपल चौतारी कृर्षि सहकारी सस्थाले तुलसीपुरमा डेरी सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कायक्रममा बाेल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सहकारीमा लगानी गर्न आग्रह गर्नुभयो । सबैको थोरै थोरै लगानी बाट भोलीका दिनमा धेरै वचत हुने भएकोले सहकारीमा बचत गर्ने बानी बसाउनु पर्नेमा जोड दिनुभयो ।
संस्थाले संञ्चालन गरेको डेरीमा  नागिरकले रोजगारी पाएकोमा खुसि ब्यक्त गनुभयो ।

त्यस्तै साबिककाे मानपुर गा.बि.सका पूर्व अध्यक्ष गोबिन्द मज्गैयाले सहकारीले पौष्टिक प्रदान गर्ने  खालको व्यवसाय गरेकोमा खुसि व्यक्त गर्नुभयो ।
सहकारीलाई भबिष्यमा उत्कृष्ट बनाउनको लागि सबै शेयर सदस्य लाग्नु पर्ने बताउनुभयो ।

पिपल चौतारी कृर्षि सहकारी सस्थाका अध्यक्ष अम्मर बहादुर खड्काको अध्यक्षता तथा नगर प्रमुख  खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
होमराज डाँगीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सस्थाका सचिब यज्ञमूर्ति गौतमले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस