प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्दै

काठमाडाैं । आज(मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएकाे हाे । यसअघि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियाे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सय केजीभन्दा बढी सुन तस्करीको विषयमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ। तर यसमा सत्तापक्ष भने तयार भएको छैन ।

एमालेले यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।

सोमबार पनि एमालेले सोही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस