लमही । दाङमा दुई नाबालिका दिदी बहिनीलाई करणी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ ।
राप्ती गाउँपालिका ३ मसुरीया निवासी १४ र १२ बर्षीया दिदी बहिनीलाई सामूहिक करणी गरेको भन्दै गढवा ६ निवासी दुई जना १६/१६ बर्षीय नाबालकसहित सोही ठाउका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका ५ निवासी २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाविद खानलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमका अनुसार नावालिकाहरु गढवा ६ बुद्ध चोक स्थित साथीको घर गएका थिए ।
त्यही क्रममा नावालिकाका पछाडी ति केटाहरु लागेका थिए । प्रहरी भन्छ ‘साथीको घरमा हुँदा उनीहरुले एक आपसमा जिस्किरहेका थिए ।’
प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार


