घोराही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दलहरुको विकल्प खोज्न नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकाार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो, ‘पपुलिष्ट पोलिटिष्क परिवर्तनको पक्षमा कहिल्लै पनि हुँदैन । पपुष्टि पोलिटिष्क कही पनि फाप्न सकेको छैन ।
युक्रेनका राष्ट्रिपतिको पनि उदाहरण हुन् । कलाकारलाई राष्ट्रपति बनाउँदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन् ।

त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।’
राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो, ‘समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ। र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ नेकपा एमालले मात्र राख्न सक्दछ ।’ वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उहाँले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताउनुएको हो ।
समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको भन्दै उहाँले यसले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न नसक्ने बताउनुभयो ।
यसको उदाहरण उनले बलिउडका अभिनेता अमिताभ बच्चनलाई राजनीति नफापेको बताउनुभयो । ‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आउनुभएको थियो,’ उहाँले भन्नुभयो, ‘तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उहाँ फेरि कलाकारितामै फर्किनुभयो । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।’


