समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् ।

सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्वमन्त्री समेत रहेका चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेको एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले जानकारी दिए ।

एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

सांसद चौधरी दाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस