नेपाल संस्कृत विश्वविद्यालय : विद्यार्थी न्यून, छात्रालाई छैन् छात्रावासको व्यवस्था

वेलझुण्डी । प्यूठानका नवराज पौडेल अध्ययनका लागि दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा आए । उनी विश्वविद्यालय अन्तर्गतको जनता विद्यापीठमा शास्त्रीय अध्ययन गर्दै आएका छन् । उनी जुन उदेश्यले पढ्न आएका थिए । तर, नियमित रुपमा परिर्माजन भएर आउनु पर्ने पाठ्यक्रहरु उपलब्धन नभएको पुरानै पाठ्यक्रमहरु पढ्नु परेको उनको गुनासो छ । उनले भने,‘ भर्खरै ४ वर्षीय शिक्षा शास्त्रीय लागु भएपछि शास्त्रीय स्तरमा नयाँ वर्षदेखि नयाँ पाठ्यक्रम लागू भएको छ । पढ्नको लागि पुस्तकहरु पनि सहज नभएको र राज्यले ध्यान दिएको छैन् । लाइब्रेरीमा पनि धेरै वर्ष पुराना तर, जीर्ण अवस्थाका पुस्तकहरु रहेका छन् ।’


यस्तै उनले विद्यार्थीहरुको बृद्धि विकासका लागि विद्यार्थीहरुलाई पढ्ने बातावरण तिर कसैको ध्यान नभएको पनि बताए । उनका अनुसार विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संस्या न्युन अवस्था रहेको छ । उनले भने,‘ विद्यार्थीहरु कसरी बृद्धि गर्ने, कसरी बढाउने भन्ने कुरामा राज्य र विश्वविद्यालयको ध्यान गएको देखिदैँन ् । यहाँ ३ वटा विषयमा पढाइ हुन्छ । एक वर्षीय शिक्षा शास्त्रीय, एएचए र ४ वर्षीय शास्त्रीय हुन्छ । एएचएको कोर्ष पुरा भइरहेको छ । अहिले करिब ८५ जना विद्यार्थीहरु रहेका छन् । ’


यस्तै उनले विश्वविद्यालयमा राजनितिक हस्तक्षेप हुने गरेको पनि उल्लेख गरे । जनता विद्यापीठमा त्यस्तो भित्री राजनितिक हस्तक्षेप नभएयता पनि बाह्य राजनितिक हस्तक्षेप हुने गरेको उनको भनाइ छ । उनले भने,‘ स्ववियुको निर्वाचन हुने बेलामा विद्यार्थीहरु सर्वसम्मतले पारित गरेका उम्मेदवारलाई राजनितिक हस्तक्षेपका कारण रोक्ने काम भएको थियो । ’ यस्तै उनले संस्कृत शिक्षालाई सर्बसाधारणलाई यसको महत्व बुझाउनु पर्नेमा पनि सुझाव दिए ।


उनले अहिले पनि आम मानिसहरुलाई संस्कृतमा के पढाइ हुन्छ । कस्तो पढाई हुन्छ, भन्ने बारेमा बोध नभएको हुँदा पनि अहिले यस्तो अवस्था भएको पनि बताए । उनले भने,‘ अझै पनि संस्कृत भनेको कर्मकाण्ड र पुजापार्ट गर्ने भन्ने बुझाइ छ । तर, संस्कृत भित्र धेरै विभाग हुन्छ, भन्ने थाहाँ छैन् । यो बुझाउन नसक्दा अहिले विद्यार्थीहरु खोज्नु पर्ने अवस्था रहेको हो ।’


यस्तै रितेश चौधरी पनि संस्कृत पढ्नको लागि रौतहटबाट आएका हुन् । अहिले जनता विद्यापीठको स्ववियु सभापति पनि हुन् । उनले पनि संस्कृत शिक्षामा चासो हराउँदै जानुमा राज्य तथा विश्वविद्यालयको उचित प्रसार प्रसार नहुने रहेको बताए । उनका अनुसार अहिले यहाँ विद्यार्थीहरु उत्तरमध्यमा सिध्दाएर ६ महिनाको संस्कृत शिक्षाको बारेमा त्यसले संस्कृत शिक्षा पुरा हुँदैन् । संस्कृत शिक्षा बुझ्नको लागि स्कुल लेभलबाट नै पढाइ हुनु पर्ने उनका भननाइ छ ।


उनले भने,‘ कक्षा एकदेखि वा कक्षा ५ देखि नै संस्कृत शिक्षाको बारेमा बुझाउन जरुरी छ । पछि गएर विद्यार्थीहरुले संस्कृत शिक्षा पढ्न सक्छन् । तर, अहिले ६ महिना भाष सिकेर सस्कृत पढ्दा विद्यार्थीहरुलाई समस्या भएको छ । यस्तै उनले संस्कृत शिक्षा पुजापाठ मात्र नभइ यसमा हरेका विद्याहरु रहेका छन् । यसलाई बुझाउन सकेमा विद्यार्थीहरु बढ्न सक्छन् र जसका कारण संस्कृत शिक्षा बचाउन सकिन्छ । ’


यस्तै अर्का विद्यार्थी रोहीत सुवेदीले आचार्य प्रथम वर्षमा अध्ययन गर्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्र कार्यालय र केन्द्रिय क्याम्पस दाङमा हुँदा अहिले क्याम्पसमा विद्यार्थीहरुको अभाव रहेको उनको भनाइ छ । उत्तरमध्यममाको पढाइ सकिएसँगै अहिले विद्यार्थीहरु थोरै रहेको उनले बताए । यसमा राज्य र विश्वविद्यालयका पधाधिकारीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने उनले बताए ।


यस्तै विद्यापीठमा भौतिक अवस्था पनि नाजुक अवस्थामा रहेको भन्दै उनले पठनपाठनमा पनि व्यवधान हुँदै गइरहेको उनले बताए । उनले भने,‘ संस्कृत विश्वविद्यालय भन्ने वित्तिकै संस्कृत मात्र पढाइ हुन्छ, भन्ने बुझाइ छ । आचार्यमा पनि नब्बे ब्याकरण, फलित ज्योतिष, इतिहास, पुराण, शंकर व्यदान्त जस्ता पढाइ हुन्छ । यस संस्कृत भाषालाई बहुउपयोगी अन्तराष्ट्रिय स्तरको महत्व भूमिका खेल्दै पढाइलाई अगाडि बढाए विद्यार्थीहरु बढ्न सक्छन् र समग्र विश्वविद्यालयको विकास हुन सक्छ ।’ यस्तै उनले पनि विश्वविद्यालयमा पछिल्लो समयमा राजनितिक हस्तक्षेप हुँदै आएको बताए । त्यस हस्तक्षेपले पठनपाठनमा मात्र नभइ विद्यार्थी, कर्मचारीहरुमा असर परेको पनि उनको भनाइ छ ।

छात्राबास नहुँदा समस्या

बर्दियाकी बिमला पुरी पनि जनता विद्यापीठमा अध्ययन गर्दै आएकी छन् । उनी अहिले बाहिर कोठाभाडामा बसेर अध्ययन गर्दै आएकी छन् । उनले संस्कृत विश्वविद्यालयमा छात्राहरुको लागि छात्रा बास नहुँदा आफू बाहिर कोठा लिएर बस्न बाध्य भएको बताइन् । उनका अनुसार विश्वविद्यालयको बारेमा बाहिर प्रचार प्रसार नहुँदा र छात्राहरु लगि छात्रा बास नहुँदा टाढाबाट विद्यार्थीहरु पढ्न आउँदैन् । छात्रहरुलाई छात्रा बासको व्यवस्था भएपनि छात्राहरुलाई नभएको उनको गुनासो छ ।


उनले भनिन्,‘ अहिले छात्रामा म मात्र छु । अरु सबै छात्रहरु रहेका छन् । अरुले पनि केटी मान्छेले संस्कृत पढेर के गर्ने भनेर प्रश्न गर्छन् । म शास्त्रीय तृतीय वर्षमा अध्ययन छु । मेरो कक्षामा म मात्र छात्रा छु । अरु सबै छात्रहरु छन् । उनीहरु छात्राबासमा बस्छन् । तर, म एक जना मात्र भएको हुँदा मलाई छात्राबास हुँदैन्, भन्ने कुरा आउँछ ।’


अरु २÷ ४ जना छात्राहरु भएको भए छात्रा बासको व्यवस्था हुने विद्यालयले भन्ने गरेको उनको भनाइ छ । एक जनाको लागि छात्राबासको सुविधा नदिएको उनको गुनासो छ । यस्तै पछिल्लो समय छात्राहरु संस्कृततिर आकर्षण नभएको भन्दै उनले यसतर्फ आकर्षण गराउनको लागि विद्यालयले चासोे दिन जरुरी छ । उनले भनिन्,‘ मलाई सबैले भन्छन्, संस्कृत पढेर के हुन्छ । अन्य कुनै टेक्निलक विषय पढेको भए जागिर पाइन्छ । संस्कृत भन्ने वित्तिकै त्यही कर्मकाण्ड गर्ने भन्ने बुझाइ छ । तिमीले कर्मकाण्ड गर्दैनौँ । किन तिमीले यस्तो पढेको यो त ब्रामणले पढ्ने हो ? भन्छन् ।’


आफूलाई संस्कृत पढ्न रहर लागेर पढ्न आएको पनि उनले बताइन् । उनले आफ्नो बेस संस्कृत नभएका कारण सोच जस्तो नभएको पनि बताइन् । सानो कक्षादेखि संस्कृत पढ्न पाएको भए बेस राम्रो हुने र एक्कासी पढ्न आउँदा समस्या हुने गरेको उनको भनाइ छ । उनले भनिन्,‘ ६ महिने भाषा सिक्नु पर्छ । तर, त्यो समयमा पुरै सिक्न सकिदैन् । भाषा पुरा नहुँदै परीक्षा भइहाल्छ । अनि कसरी सोचेजस्तो पढाइ हुन्छ । यसका लागि सानो कक्षादेखि नै संस्कृत पढ्नु पर्छ । अब राज्यले यसतर्फ ध्यान दिन पनि जरुरी छ । सानो कक्षादेखि नै संस्कृत भएपछि विद्यार्थी पनि बढ्न सक्छन् ।’ यस्तै उनले संस्कृत जागरिको लागि मात्र नभइ संस्कारको लागि चाहिने भएकाले पनि पढ्न पर्छ, भनेर बुझाउन सकेका र सेवा सुविधाहरु राम्रो दिन सकेमा विद्यार्थीहरु बढ्न सक्ने पनि बताइन् ।

नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले दाङको बेलझुन्डी २०४३ साल हालको नेपाल संस्कृत विश्वविद्यालय तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएको विश्वविद्यालय नेपालमा गणतन्त्रको स्थापनापछि नाम परिवर्तन भई नेपाल संस्कृत विश्वविद्यालय रहन गयो हो ।

भौतिक र सम्पत्तीको हिसाबले सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालय नेपाल कै शैक्षिक इतिहासमा महत्वपूर्ण विश्वविद्यालय पर्ने गरेता पनि स्थापना कालदेखि नै विद्यार्थीहरु कम तर, थप अन्य विद्याहरु संचालन गर्न राज्यबाट भनेजस्तो सहयोग नपाएको नेपाल संस्कृत विश्वविद्यालयको भनाय छ । स्थापना भएपछि निरन्तर रुपमा संस्कृत पढाउँदै आएको विश्वविद्यालयले २०५६ सालदेखि आयुर्वेदको पठन पाठन शुरु गरेको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताए । उनका अनुसार विश्वविद्याल भौतिक तथा सम्पत्तीका हिसाबले सम्पन्न रहेको छ । दाङको देउखुरी उपत्यकामा विश्वविद्यालयको १२ सय भन्दा बढि बिगाहा जग्गा छ ।

बेलझुण्डीमा ३२६ बिगाहा जग्गा रहेको छ, भने २०३१ सालमा बेलझुण्डीमा संस्कृत अध्ययन संस्थान डीनको कार्यालयको स्थापना भएको थियो ।
नेपालमा चलेको सशस्त्र द्धन्द्धका कारणले संस्कृत शिक्षा पुरोत्याहीको शिक्षा भएको भन्ने बुझाईले विद्यार्थीहरु कम भएको उनको भनाइ छ । उनका अनुसार शसस्त्र द्धन्द्धमा अन्य विद्यालयमा संस्कृत पढाइ बन्द भएपछि अहिलेसम्म संचालन नहुँदा पनि असर परेको हो । उनले भने,‘ राज्यको नितिमा संस्कृत शिक्षा संरक्षण गुर्न पर्छ, भन्ने रहेको छ । तर, विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरुको स्रोतको विषमा कतै सम्बोधन भएको छैन् । विश्वविद्यालयमा संस्कृत पढ्ने विद्यार्थीहरु यस्तो किसिमको हुनुुु पर्छ, भन्ने मान्यता राखेको छैन् । तर, सटिफिकेट लेभल मात्र पढाइ गर्न सरकारको नितिले गर्दा विद्यार्थीहरुको संख्या कम भएको हो ।’


यस्तै उनले अहिले केही गुरुकुलहरुले गर्दा संस्कृत पढ्नेहरुको संख्या बढिरहेको भन्दै तर, ति कुरुगुलहरुले आफ्नै बुताबाट पढाइरहेको र राज्यबाट केही नपाउँदा विडम्बना भएको बताए । यस्तै विश्वविद्यालयका आफ्नो निश्चित दरबन्दीहरु रहेको र त्यहीबाट पठन पाठन गर्दै आएको उनले बताए । विश्वविद्यालयले आयुर्वेदतर्फको विएएमएस स्नातक तहको पठन पाठन गराउन लागेको करिब १० वर्ष हुन लाग्दा पनि त्यसमा अहिलेसम्म दरबन्दी नभएको उनको गुनासो छ । उनका अनुसार अहिले संस्कृतको दरबन्दीबाट आयुर्वेदको पठनपाठन गर्नु पर्दा आर्थिक भार भइरहेको छ ।


आयुर्वेदमा १५० जनाको दरबन्दी रहेता पनि अहिलेसम्म एउटा पनि दरबन्दी नपाएको उनले बताए । यस्तै संस्कृत भन्ने एउटा भाषा मात्र रहेको बुझाइले गर्दा पनि समस्या भइरहेको उनले बताए । उनका अनुसार संस्कृतभित्र करिब १७ वटा विद्यामा पढाइ भइरहेको छ । बेदका ४ वटा , न्याय २ वटा, ज्योतिषका २ वटा, व्याकरण, साहित्य, धर्मशास्त्र, इतिहास, पुरान, योग जस्ता १७ वटा विद्यामा आचार्यसमम पढाइ भइरहेको पनि उनले बताए । यस्तै उनका अनुसार कुनै पनि स्नातक तह र आचार्य तह पढाउनको लागि एउटा विषयको ९ जना शिक्षक चाहिन्छन् ।

जग्गा छ, तर, आम्दानी छैन्, सरकारको भर
दाङको देउखुरीमा विश्वविद्यालयको नाममा रहेको १३ सय ३६ विगाह जमिनको २०५९ सालदेखि एक पैसा पनि आम्दानी नपाएको कुलसचिव अधिकारीले बताए । पहिला विश्वविद्यालयहरुले ति जग्गाहरु लिजमा दिएर त्यसबाट प्राप्त भएको आम्दानीबाट भौतिक पूर्वाधार, गोष्ठिहरुको लागि खर्च गर्ने गरेता पनि अहिले सरकारले दिने अनुदानबाट संचालन हुँदा खर्च पु¥याउन धौँ भएको पनि उनको भनाइ छ । यस्तै राज्यबाट सोचेजति बजेट नआउँँदा २०७२ सालको भूकम्पले गर्दा बसन्तपुरमा रहेको कार्यालय अहिलेसम्म मर्मत गर्न नसकिएको पनि उनले उल्लेख गरे । यस्तै बाल्मीकी विद्यापीठमा रहेको पुस्तकालय पनि अहिलेसम्म मर्मत नभएको उनले बताए ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस