बिजौरी । कर्णाली डेभलपमेन्ट बैंक लिमटेड विजौरी तथा नारायपुर शाखाले बिहिबार तुलसीपुर उपमहानगरपालिका वडा न १७ बनक्कटीमा रहेको सहिद शहीद स्मती आवासीय स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड विजौरि शाखाका शाखा प्रमुख निर्मल वली र नारायणपुर शाखा प्रमुख प्रदीप डाँगीले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै कर्णाली डेभलपमेन्ट बैंकका बचत, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

विद्यालयका करिब ६० जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । आफ्नो विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा विद्यालयका प्रधानाध्यापक धनेश्वर पाैडेलले कर्णाली डेभलपमेन्ट बैकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी कर्णाली डेभलपमेन्ट बैंक नारायणपुर शाखाका अप्रेसन इन्चार्ज यादव चौधरी ले गरेका थिए ।
कार्यक्रमको सहजीकरण बीजौरी शाखाका शाखा प्रमुख निर्मल वली गर्नु भएको थियो भने अन्य बैन्किङ सम्बन्धि थप जानकारी कर्णाली डेभलपमेनट बैंक लिमटेड शाखा विजौरी का आर.एम. दुर्गा प्रसाद वलोले गरेका थिय।


