दाङ–काठमाडौंको हवाई भाडा नेपाल एयरलाइन्सले घटायो

तुल्सीपुर । नेपाल एयरलाइन्सले दाङ काठमाडौं भाडा घटाएको छ। फागुन १३ गते देखि लागु हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा घटाएर ६ हजार ३ सय बनाएको हो। एयर्पोटमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा आएपछि हवाई भाडाको समायोजनको चर्चा चलिरहेको थियो।

यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको थियो। काठमाडौं दाङ ६ हजार ५ सय तोकिएको छ। पहिले ९ हजार १० रुपैयाँ कायम गरिएको थियो। शनिबारदेखि नै नयाँ भडादर कायम भएको छ। नेपाल एयरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्र कुमार शर्माले भने, ‘पहिलेको भाडादरमा धेरै हेरफेर भएको छ। अहिले दाङ काठमाडौं न्युनतम ६३०० र काठमाडौं दाङ न्युनतम ६५०० निर्धारण गरिएको छ। अधिक्तम ११ हजार ९ सय १५ रुपैयाँ रहेको छ।’

नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान गरिरहेको छ। यो हप्ता आइतबार उडान हुने छ भने अर्को हप्तादेखि म‌गलबार, बिहीबार, शुक्रबार र शनिबार गरी ४ दिन उडान हुने छ।

एयरलाइन्सले न्युनतम ६३०० र ६५०० तोके पनि पाँच प्रकारको भाडा तोकिएको छ। काठमाडौं दाङ ६५ सय, ७ हजार, ८ हजार, ९ हजार र ११ हजार ९ सय ६५ छ भने दाङ काठमाडौं‌ सबैमा दुई सय कम रहेको छ। दाङमा सीता एयरले पनि पछिल्लो समय उडान भरिरहेको छ। सिताले ८ हजार भाडा तय गरेको छ।

टिकट नेपाल एयरलाइन्सको एप्सवाट पनि लिन सकिन्छ ।

–अन्नपूर्णपोष्ट वाट

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस