किन निदाउँछ हातखुट्टा ?

प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त उभिन र हिड्न पनि सकिदैंन। आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण निदाउने हुन्छ। तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ। यो शरीरमा हुने साना तारजस्तै हुन्छ। नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन्।

यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ। यस्तो शरीरका अन्य भागमा पनि हुन्छ। लामो समयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ।

यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पुर्‍याउँने काम गर्छ। यी फाइबरको मोटाई पनि कम या बढी दुवै हुन सक्छ। यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो।

यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ। यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ। पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ।

यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन। तर केही समयमा लागि अनौठो महसुस हुन्छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस