
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न १६ जिनवा गाउँका एक विपन्न परिवारलाई अति आवश्यक खाद्यान्न तथा न्यानो कपडा सहयोग गरिएको छ ।
केही वर्ष अघि वैदेशिक रोजगारी को शिलशिलामा मलेसियामा रहँदा प्रेसरका कारण टाउकोमा रगत जमेर आधा शरीर नचल्ने भएका तुलसीपुर १६ का ४४ वर्षीय चन्द्रलाल वि क को परिवारलाई चामल, नुन, तेल, दाल, चिनी, साबुन, सरफ, आटा पिठो, लगायत आति आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।
आर्थिक अवस्था निकै कमजोर भएको र अहिले अरुको घरमा बस्दै आएका विक परिवारलाई साँझ बिहानको छाक टार्न समेत धौधौ भैइरहेको र उपचार गर्न समेत नसकी घर चलाउनै गार्हो भैरहेको बेला अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच.आर. मगर र लोक दोहोरी गायिका टिका सानुको टिमको सहयोगमा उक्त सामाग्रीहरु प्रदान गरिएको हो ।

हाल भुटानको नट क्यारेलिनामा बस्दै आभएका समाजसेवी कुमान सिंह गुरुङ र मनमाया गुरुङले पठाएको २९ हजार २ सय ८० रुपैयाँबाट उक्त परिवारको लागि आवश्यक खाद्यान्न र केही लत्ताकपडा किनेर उनकै घरमा गएर प्रदान गरिएको हो ।
हाल अहिले उनको परिवारमा १ छोरा र २ दुई छोरी र आफु बुढाबुढी गरि ५ जना रहेका छन । जसमध्ये उनका छोरा पनि अशक्त र स्वयम आफू घरमूली पनि अशक्त भएपछि छोरा र श्रीमानको उपचारका लागि भन्दै हाल रोजगारीको शिलशिलामा कुवेतमा रहेकी उनकी श्रीमतीको पनि सोचेजस्तो कमाइकाज नभएका कारण आफुहरु सहयोग माग्न बाध्य परेको विकले बताए l
उक्त सहयोग कार्यक्रममा अनलाइन टिभी पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एचआर. मगर, सचिव भिम बहादुर ओली ( एसवि. ), झग्गु भण्डारी, सन्दिप गौतम, शान्तराम विश्वकर्माको लगायतका उपस्थिति रहेको थियो l