माघे सङ्क्रान्तिमा नारायणगढ–मुग्लिन सडक २ दिन दिउँसोमा खुल्ने

चितवन । माघे सङ्क्रान्तिमा नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसोको समयमा पनि खुलाइने भएको छ । देवघाटधाममा लाग्ने मेलालाई लक्षित गरी पुस ३० गते र माघ १ गते दुई दिन दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। उनका अनुसार यो दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ ।

तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले जानकारी दिए । अहिले यो सडक खण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ ।

पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस