तुलसीपुर । तुलसीपुरको एक घरमा चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने तुलसीराम वलीको घरबाट सुनका गरगहना चोरी भएको हो ।
बुधबार दिउँसो ३ बजेर २० मिनेटमा वलीको घरको माथिल्लो तलाको कोठाबाट चोरले दराज फोडेर सुनका गरगहना चोरी गरेको हो ।
चोरले १२ आनाको छड्के तिलहरी एक थान, १२ आनाको कालो मंगलसुत्र एक थान, १० आनाको बाला दुई थान, २ आनाको चन्द्रमा एक थान, ३ आनाको टप दुई थान, ५ आनाको झुम्का दुई थान, १ तोलाको सिक्रि एक थान, ४ आनाको बाला दुई थान र ८ आनाको औंठी एक थान चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
चोरले घरमा केही नभएको समयमा मौका छोपेर चोरेको हो ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार


