
काठमाडौं । सुनचाँदीको भाउ फेरि बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ७ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा पुगेको छ ।
प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार