‘अवतार २’ले अमेरिकामा १५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । जेम्स क्यामरुन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ले अमेरिकी बक्स अफिसमा १५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

डेडलाइन हलिउड म्यागजिनका अनुसार १७५ मिलियन डलर नजिकको लक्ष्य राखिए पनि यसको न्यूनतम कमाइ १५० मिलियन डलर निश्चित हुन सक्नेछ ।

कुनै फ्यान–बेस फिल्म नभएको ‘अवतार २’को प्रक्षेपित कमाइ सन् २००९ मा रिलिज भएको पहिलो भागभन्दा ९५ प्रतिशतले धेरै हो । हालैको एक सर्वेक्षणमा ल्याटिनो, हिस्प्यानिक र काला जातिका ३० देखि ४० वर्ष उमेर समूहका दर्शकले फिल्म हेर्न चाहेको देखिएको छ ।

शनिबार मात्र गरिएको घोषणाअनुसार अमेरिकासँगै यो फिल्म अर्को ठूलो फिल्म बजार चीनमा समेत सोही मितिमा प्रदर्शन हुनेछ । धेरै हलिउड ब्लकबस्टर फिल्मलाई पन्छाएर चीनले अवतार २ लाई मात्र प्रदर्शनको अनुमति दिनुले पनि फाइदा हुने देखिन्छ ।

‘अवतार १’ले चीनमा थ्रीडी र आम्याक्समा गरेर २६० मिलियन डलरभन्दा धेरै कमाइ गरेको छ । विश्वका ठूला फिल्म बजारमा अग्रिम टिकट बिक्री सुरु भएको छ । यसको लम्बाइ पनि ३ घण्टा १२ मिनेट छ ।

फिल्मको लम्बाइले दर्शकलाई असर नपार्ने वितरण कम्पनीको छ । पहिलोको पहिलो भाग रिलिज हुँदा कसैलाई केही थाहा थिएन जहाँ एलियनहरु प्रमुख पात्र थिए । टाइटानिकजस्तै क्यामरुन निर्देशित फिल्मले विश्व बजारमा २.९ बिलियन डलर कमाउन सक्यो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस