सत्तामा हुँदा नागरिकता बिरोधी मत माग्दा मुद्दा चाहिँ नागरिकता : चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिनोद चौधरीले नागरिकताको सवाल उठाउँदै नागरिकलाई अनागरिक बनाइएको बताए । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका चौधरीले नेकपा एमालेले नागरिकता बिधयेक पास गर्न नदिएर लाखौ नागरिकलाई नागरिक हुनबाट बञ्चित गरेको आरोप लगाए ।

क्षेत्र नम्बर १ ले आज बर्दघाटको जिमिरेभारका आयोजना गरेको मतदाता शिक्षा कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले नागरिकताका कारण लाखौ युवा पिँढीको भविष्य अन्यौल रहेको बताए । जनताबाट निर्वाचित भएर यहाँबाट जाने प्रतिपक्षका साथीहरुले सदनमा नागरिकता बिधयेकको बिरोध गर्नु भो आज फेरी नागरिकता दिलाउँछौ भनेर जनतामाझ जानु भएको छ यो दोहोरो चरित्र कहिलेसम्म चौधरीले भने ।

ह्रदयेस त्रिपाठीको महल र कारखाना व्यवस्थित हुनु तर त्यहीँ नजिकका बिपन्न जनताको आवास र जिवनस्तरको अवस्था हेर्दा जनताले आफै बुझ्नु पर्ने चौधरीले बताए । हामीले केरामा आधारित उद्योग दर्ता गर्यौ, महिलाका जीवनस्तर उकास्न विभिन्न कार्यक्रम ल्यायौ तर त्रिपाठी जिले सधै अवरोध गर्नुभो उहाँलाई बिकास चाहिएको हो कि केवल सत्ता चौधरीले प्रश्न गरे ।

जसको जीवननै औधोगिक बिकासमा, रोजगारी सिर्जना गर्न बित्यो अनि म कसरी झुठो भए उहाँ २५ बर्षसम्म कुन आधारमा विकास प्रमि हुनु भो चौधरीको भनाई थियो । गठबन्धन सरकार बने लगत्तै नागरिकता बिधयेक हर हालतमा पास हुने चौधरीले दावी गरे।

प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस